
मोहन बेल्वासे
सरकारले निजि क्षेत्रका समस्या र चुनौतिहरुको समाधान गर्न चाहेको मन्त्री भण्डारीले बताएका छन । आज १३ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगीक प्रर्दशनी समारोहको समुद्धघाटन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री भण्डारीले चर्को व्याजदर को मारमा परेका उद्योगी व्यापारीलाई प्राथमिकतामा राखेर सरकारले निजि क्षेत्र सँग सहकार्य गर्न चाहेको बताएका हुन् ।
यसका लागि निजि क्षेत्रका नितिगत प्रश्न सहितका फाईलहरु आफुले निकट दिनमै संसद प्रवेश गराउने बताए । भुकम्प र कोरोना पछी पछिल्लो १८ महिना चर्को व्याजको मारमा निजि क्षेत्र परेको भन्दै यसको समाधानमा आफु र सरकार लाग्ने बताए । कपिलवस्तु बुद्धको पावन भुमी कृषिको उर्बर भुमी भएको हुदाँ कृषि र पर्यटन मार्फत यहाँको विकास सम्भव रहेको बताएका थिए ।
मुलकमा अर्थतन्त्रका कारण सवै क्षेत्र नेपालको मुख्य चुनौती व्यापार घाटा र नेपालको युवा जनशक्ति विदेशिनु मुख्य चुनौती रहेको बताए । त्यसका लागि अहिलेको सरकार दृण विश्वासका साथ समाधानमा लाग्ने बताए । नेपालका साना तथ मझौला उद्योगहरु अहिले समस्यामा परेको बताउदै उनले नितिगत व्यवस्था मार्फत समाधान गर्ने बताए । एक फरक प्रसंगमा उनले सरकार बनेको १ महिनामै चुनौति र अवसर दुवै रहेको भन्दै विभिन्न भिन्न भिन्न विचार राख्ने दलहरु अहिलेको सरकारले एकै स्थानमा ल्याउन खोजेको बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा सार्क अध्यक्ष चण्डिराज ढकालले नेपालको अर्थतन्त्र, श्रीलङ्कका पाकिस्तान, पछि नेपालको अर्थतन्त्र डामाडोल हुने अवस्था श्रीजना भएको भन्दै व्याजदरमा अव सरकार गम्भिर नबन्ने हो भने नेपालमा गम्भिर संकट श्रीजना हुने बताए ।
देशका विभिन्न उद्योगहरु बन्द हुदै जादाँ युवा शक्ति पलाएन हुने क्रम बढ्दै गएको भन्दै यसले देशको विकासमा समेत बाघा पुर्याउने तर्क गरे कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेशलाल प्रधान राष्टिय सभा सदस्य विमला घिमिरे, पुर्व मन्त्री एवं क्षेत्र नं २ का सांसद सुरेन्द्रराज आचार्य, क्षेत्र नं १ का सांसद बलराम अधिकारी लगाएतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।