
लुदस जितपुर
कपिलवस्तुको बाणगंगा वेलफेयर सोसाइटी ले आज एक कार्यक्रमको आयोजना गरेर सहिद हरु प्रति श्रद्धासुमन अर्पण गरेको छ । सहिद दिवसको अवसरमा प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा ४ नं चोकमा दिप प्रज्वलन गरिएको हो ।
सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको विदा समेत कटौती गरि राज्यले अपमान गरेको बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले बताए ।
विभिन्न ज्ञात अज्ञात शहिद हरुका साथै वेल फेयर सोसाइटी का सदस्य समेत रहेका राजेश सेन को फोटामा माल्याणपण गरि दिप प्रज्वलज गरिएको हो । राजेशको ४ नं जितपुर क्षेत्रलाई बन्द निषेधित क्षेत्र घोषणा अभियान को नेतृत्व गर्दै गर्दा अज्ञात समुहको गोली प्रहारबाट ज्यान गएको थियो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । वेलफेयर सोसाइटीले देशका विभिन्न महत्वपुणर् घट्नाक्रम का साथै संकृति संरक्षणका निम्ति कार्यक्रमहरु गर्दै आएको छ ।