
हरि आचार्य, कपिलवस्तु
मनकामना सामुदायिक वन उपभोक्ता समुह बाणगंगा १ र २ को चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । शनिवार भएको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराईनुका साथै प्रमाण पत्र प्रदान गरिएको हो ।
मनकामना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा मुक्त बहादुर कार्की, उपाध्यक्षमा पुष्कर घिमिरे, सचिवमा गंगा कुमारी भट्राई, कोषाध्यक्षमा लक्ष्मी थारु, सह सचिवमा कविराज उपाध्याय, सदस्यहरुमा सीता थारु, प्रिया थारु, सुमित्रा थारु, कमला घिमिरे, बिर बहादुर सोमै, तारा कुमारी आचार्य, पद्मा सुनार, नारायण कंडेल, चन्द्र प्रकाश गैरे र समिर थापा निर्वाचित हुनु भएको छ । त्यस्तै लेखा समिति संयोजक ताराजन घिमिरे सदस्यमा दिपक शर्मा भुसाल र अनुप थापा निर्वाचित हुनुभएको छ ।
शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले हिजो जुनसुकै प्यानलबाट निर्वाचन जितेपनि अब भने निर्वाचित कार्यसमितिले उपभाक्ताहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक वनलाई उपभोक्ताको जिविकोपार्जन र रोजगारीसंग जोड्न आवश्यक रहेको भन्दै स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै विशिष्ठ अतिथि वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले कुनै पनि पुर्वाग्राही नराखी सम्पुर्ण उपभोक्ता तथा सामुदायिक वनको नेतृत्व गर्न आएका उम्मेद्वारहरुको भावनालाई समेत समावेश गरी अगाडि बढ्न सुझाव दिनुभयो । नगरपालिलकाका प्रवक्ता समेत रहनुभएका पौडेलले उपभोक्ताको भावनालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष निर्वाचन मण्डलका संयोजक केवशराज भट्टराईले निर्वाचन सफलतापुर्वक सम्पन्न गर्नका निम्ति सहयोग गर्ने मण्डलका सदस्य, सम्पुर्ण प्यानलका उम्मेद्वार, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता महानुभाव, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पुर्णलाई धन्यवाद एवम् आभार व्यक्त गर्नुभयो । बाणगंगा नगरपालिका प्रशासन शाखा प्रमुख समेत रहनुभएका भट्टराईले सामुदायिक वनको नेतृत्व गर्न धेरै उम्मेद्वारी परे पछि लोकतान्त्रीक प्रणालि निर्वाचनबाट हार जित हुनु स्वभाविक रहेको भन्दै पराजित उम्मेद्वारको पनि सल्लाह सुझाव उत्तिकै महत्वपुर्ण रहने बताउनुभयो ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष मुक्त बहादुर कार्कीले निर्वाचनबाट अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्ण उपभोक्ता महानुभाव प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले निर्वाचन सफलतापुर्वक सम्पन्न गर्नका निम्ति सहयोग गर्ने मण्डलका सदस्य, सम्पुर्ण प्यानलका उम्मेद्वार, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता महानुभाव, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै वन र उपभोक्ताको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । जिल्लामै नमुना सामुदायिक वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने बताउदै उपभोक्ता महानुभावहरुको जिविकोपार्जन र रोजगारीमा जोड्ने गरि प्रत्यक्ष लाभान्वित हुने खालका काम गरि दिगो ब्यबस्थापनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष कार्कीले वनमा रहेको ईकोपार्कलाई व्यवस्थित गर्ने, वन भित्र रहेका जंगली जनावरको संरक्षण गर्ने त्यस्तै कार्यालयको नजिक रहेका गुरुकुल, कैलाशआश्रम र दुर्गा मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नमा पनि अहम भुमिका खेल्ने बताउनुभयो । साथै उपभोक्ताहरुको माग र आवश्यकता अनुसार सदैव अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन मण्डल संयोजक केवशराज भट्टराइको अध्यक्षता रहेको कार्यक्रममा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नंं. १ सहसंयोजक विश्व कार्की, वडा नं. १ का वडाध्यक्ष संजु कुमार सारु, वनका निवर्तमान अध्यक्ष अमित पौडेल, वडा नं. २ का वडा सदस्य झिमलाल सापकोटा, नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, निर्वाचन मण्डल सदस्य सन्तोष थापा लगायतको आतिथ्यता रहेको कार्यक्रम निर्वाचन मण्डल संयोजक नरेन्द्र पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै निवर्तमान अध्यक्ष अमित पौडेलले नवनिर्वाचित अध्यक्ष मुक्त बहादुर कार्कीलाई अध्यक्षको कुर्ची हस्तान्त्रण गर्नुभएको थियो ।