
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक दिने आँखा स्वास्थ्य शिक्षा सम्बन्धीअभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुद्धाेधन गाउँपालिका मानपकडी रुपन्देही स्थित नेपाल नेत्रज्योति संघ रुपन्देही शाखा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण-अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा र सेवा फाउन्डेसन शुद्धाेधन गाउँ पालिका स्वास्थ्य शाखाको सहयोगमा एक दिने आँखा स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रम भएको छ।
शुद्धाेधन गाउँपालिका सात अोटा वडाका स्वोयमसेविका हरुका लागि सो आँखा स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको हो।सो अभिमुखीकरण कार्यक्रम अलगअलग वडाको गरेर तिनदिन सम्म हुने छ।
लुम्बिनी नेत्र विज्ञान अध्ययनका अधिकृत अमर गौतमको प्रशिक्षणमा आइतबार शुद्धाेधन गाउँपालिका मानमटेरिया स्वास्थ्य चौकीका १९ जना स्वोयमसेविका लाई आँखा स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रकाशित : २०७९ माघ १५, आईतवार १९:५७