रुपन्देही शुद्धाेधन गाउँपालिकामा बाझोपन निवारणकाे लागि घरदैलो घुम्ती शिविर कार्यक्रम

[sharethis-inline-buttons]

नगेन्द्र केसी

शुद्धाेधन

रुपन्देही शुद्धाेधन गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय पशु सेवा शाखा मानपकडी रुपन्देहीकाे आयोजनामा पशुहरुकाे बाझोपन निवारणकाे लागि घरदैलो घुम्ती शिविर कार्यक्रम शुद्धाेधन गाउँपालिका ४ केवल पुर भाटामा सुरु भएको छ।

शुद्धाेधन गाउँपालिका ४ का वडा अध्यक्ष गाउँपालिकाका प्रक्ता केशवप्रसाद अधिकारीकाे अध्यक्षतामा भएको घुम्ती शिविरको उद्घाटन कार्यक्रममा इन्फर्टिलिटि कसल्टयान्ट विषय बिज्ञ लक्ष्मण घिमिरेले पशुहरुका बाझोपन सम्बन्धि बारेमा प्रकाश पार्नुभएकाे थियो।गाउँपालिकाका प्रक्ता केशवप्रसाद अधिकारीले यो कार्यक्रम पालिका भरिका पशु पालन किसानहरूको हितका लागि पालिकाले अझै महत्त्वपूर्ण पशु पालन सम्बन्धि तालिमको व्यवस्था गर्नुपर्ने शुद्धाेधन गाउँपालिका पशुसेवा कार्यालयलाई आग्रह समेत गर्नुभयो।

शुद्धाेधन गाउँपालिका पशुसेवा शाखा अधिकृत भुमिश्वर खनाल,शुद्धाेधन गाउँपालिका पशुसेवा शाखा ना,प,स्वास्थ प्रा,दामोदर घिमिरे, लगायतका टोलीकाे उपस्थितिमा ३८ ओटा गाई भैसीकाे उपचार गरिने र निर्बाहा पशु पालन किसानलाई व्यवसाय पशु पालन बनाउने उदेश्यले व्यवसाय किसान तथा अन्य किसानहरूले पालेका गाईभैसीकाे बाझोपन निवारणकाे लागि घरदैलो घुम्ती शिविर कार्यक्रम गरिएको शुद्धाेधन गाउँपालिका पशुसेवा शाखा अधिकृत भुमिश्वर खनालले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ माघ १०, मंगलवार १८:२१