मगर संघको आयोजना माघी बिशेष कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

संगीता भुसाल, तौलिहवा ।
नेपाल मगर संघको आयोजनामा कपिलवस्तु नगरपालिकका वडा नं ६ बर्मेलीटोल मगरटोलमा आज माघी पर्वको अवसरमा माघी बिशेष कार्यक्रम सम्पन्न गरीएको छ ।
मगर समूदायले राष्ट्रीय पर्वको रूपमा मनाउदै आएको माघी पर्वको अवसरमा आयोजना गरीएको उक्त कार्यक्रममा मगरहरूको भेषभुषा , संस्कृती लार्इ झल्काउने मगर भाषाको कला संस्कृति तथा नृत्य प्रर्दशन गरीएको छ । मगरजातीको बाहुल्य रहेको मगर टोलका बासिन्दाले मगरजातीका बिशेष परिकारहरू आगन्तुक पाहुना तथा दर्शकहरूलाइ खुवाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कपीलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले कार्यक्रममा बोल्दै यस्ता पर्वहरूले एक आपसमा मेलमिलाप र सद्भाव कायम राख्न सहयोग पुर्याउने बताउनु भएको छ । यस्ता कार्यक्रम आयोजना गरेर संघले सह्रानीय कार्य गरेको बताउदै मगर समाजलाइ आवश्यक सहयोग र सहकार्य गर्न आफू र कपिलवस्तु नगरपालिका सदैव तयार रहेको बताउनु भएको छ ।
नेपाल मगर समाजका केन्द्रीय सदस्य चोपलाल राहुल मगरले कार्यक्रममा बोल्दै २०३९ सालदेखी अग्रजहरूले शुरूवात गरेको आफ्ना भेषभुषा र संस्कृतीलाइ विभीन्न कार्यक्रम मार्फत प्रर्दशन गर्ने परम्परा लाईअब आउने पुस्ताले समेत निरन्तरता दिनु पर्ने बताउनु भयो ।

नेपाल मगर संघ क.व.न.पा. ६ का अध्यक्ष टिकाराम सुनारी मगरले कार्यक्रमको समापनमा बोल्दै माघी पर्व र मगर संस्कृती विविध पक्षमाथी प्रकाश पार्नु भएको । जाडो सकिएर न्यानो दिनको शुरूवात भएको मान्यता सहित मगर जातीले विशेष रूपमा हरेक बर्ष माघ १ गते मनाउने उक्त पर्वको अवसरमा विशेष कारणवस उक्त दिन सञ्चालन गर्न नसिकएकोले आज कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरीएको बताउनु भयो ।

अस्मिता सुनारी मगरले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष राम जित कुर्मी ,वडा सचिब गौतम शाक्य , नेकपा एमालेका जिल्ला सदस्य भोजराज खनाल, मगर समाजका सदस्य फिनीसरा थापा, नेकपा माओवादी केन्द्रका प्रतिनिधी वेचन चौवे, नेपाली काँग्रेसका प्रतिनिधि अनिल क्षेत्री, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेको थियो ।


प्रकाशित : २०७९ माघ ७, शनिबार २२:३४