कोइलीचौर साना किसान सामुदायिक वनको अध्यक्षमा कुन्तामणि भुषाल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइलीचौर साना किसान सामुदायिक वनको अध्यक्षमा कुन्तामणी भुषाल चयन निर्वाचित भएका छन् ।

वनको पुष पहिलो साता साधारणसभा सकिएको भए पनि अधिवेशनबाट समितिले पूर्णता पएको थिएन । साबिक भलवाड गाबिस अन्तरगत २ वटा वडा –भर्तापुर र भर्लाबास० का उपभोक्ता सदस्यहरु आबद्ध रहेको कोइलीचौर साना किसान सामुदायिक वनले अधिवेशनबाट समितिले पूर्णता नपाएपछि एक निर्वाचन मण्डल गठन गरेको थियो ।

शुक्रबार बसेको निर्वाचन समितिको बैठकले भुषाललाई अध्यक्षमा चयन गरेको हो भने बरिष्ठ उपाध्यक्षमा देबबहादुर श्रीस, उपाध्यक्षमा खिमा पुरी, सचिवमा शुस्मा थापा, सह सचिवमा देवकला खनाल र कोषाध्यक्षमा माधुरी गिरी चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा क्रमशः हरिबहादुर खनाल, माया गिरी, बल बहादुर थापा, छविलाल भुषाल, तेजबहादुर बुढा, शान्ता कुवँर, मन्जु पछाई, चमारी थारु र रतन गिरी चयन भएको वनका नव निर्वाचित अध्यक्ष कुन्तामणी भुषालले जानकारी दिएका छन् । उनका अनुसार वनको लेखा समिति सहित अनुगमन समिति, अगुवा लगाएत चयन हुन अझै बाकीँ छ ।

भुषालको अध्यक्षतामा १५ सदस्यीय वन कार्यसमितिलाई पूर्णता दिइएको हो । कोइलीचौर साना किसान सामुदायिक वन कपिलवस्तुमा सबैभन्दा पुरानो सामुदायिक वन हो । अध्यक्षको जिम्मेवारी पाएपछि भुषालले अब आफ्नो कार्यकालमा सामुदायिक वनको विकासमा उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनी यस अघिको कार्यकालमा सोही वनको कोषाध्यक्ष थिए ।

 


प्रकाशित : २०७९ माघ ७, शनिबार ०७:०६