राजेन्द्र लिङ्देन बने उपप्रधान तथा ऊर्जामन्त्री

[sharethis-inline-buttons]

लुदअ ३ माघ, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

उनीहरुले ११ पुसमै शपथ लिएका थिए ।


प्रकाशित : २०७९ माघ ३, मंगलवार १३:४३