
रुपन्देहीको तिलोत्तमा ५र ९का टोल बिकाशका पदाधिकारीका लागी नेतृत्व बिकाश , माईनोट लेखन,उद्घोषण सम्बन्धी २ दिने तालीम आज बाट सुरु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणंले नगरको बिकाशको लागी टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो ।उहाले नगरको बिकाशको लागी आबस्कता प्राथमिकताको आधारमा विकाशका काम अगाडि बढाउने बताउनु भयो ।
तिलोत्तमा नगरपालीका उप प्रमुख जागेश्वरी चौधरीलेले टोल टोललाई समय अनुसारको तालीम आएको भन्दै ब्यवाहारमा परिर्बतन गर्न आग्रह गर्नु भयो । उहाले यो तालीम असाध्यै छोटो रहेको भन्दै २ दिनमा सिकेका कुरा पनि महत्वपुर्ण हुने दावि गर्नु भयो ।
तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रेको अध्यक्षता ,तिलोत्तमा नगरपालीकाका बरिष्ट सामाजिक बिकाश परिचालक अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको सहजिकरण तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले गर्नु भएको छ