तिलोत्तमा ७ मा टोल बिकाशका लागी माईनोट लेखन, नेतृत्व बिकाश सम्बन्धी २ दिने तालीम सुरु

[sharethis-inline-buttons]
रुपन्देहीको तिलोत्तमा ७ मा टोल बिकाशका पदाधिकारीका लागी माईनोट लेखन, नेतृत्व बिकाश , उद्घोषण सम्बन्धी २ दिने तालीम आज देखी सुरु भएको छ ।
तिलोत्तमा ७ का वडा अध्यक्ष देवि पंगेनीको अध्यक्षता तथा नगर स्तरिय टोल बिकाश संस्थाका अध्यक्ष हेमराज पौडेलको स्वागतमा कार्यक्रम सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका उप जागेश्वरी चौधरीले नगरको बिकाशको लागी टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो ।
तिलोत्तमा नगरपालीका कार्यपालिका सदस्य शुरेन्द्र श्री ले टोल टोललाई समय अनुसारको तालीम आएको भन्दै ब्यवाहारमा परिर्बतन गर्न आग्रह गर्नु भयो । उहाले काम गर्दै जादा केही समस्या पनि हुने भल्दै सहजिकरण गर्दै अगाडि बढने उल्लेख गर्नु भयो ।
तिलोत्तमा नगरपालीकाका बरिष्ट सामाजिक बिकाश परिचालक अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ


प्रकाशित : २०७९ पुष १६, शनिबार १७:३७