प्रगतिशील महिला सहकारीमा महिला हरुले सन्चालन गरेका सहकारी बिचमा अन्तरक्रिया

[sharethis-inline-buttons]

प्रकाश गौतम
पुस १३

प्रगतिशील महिला बिकास बहुउद्देश्यीय सहकारी सस्थाको २५ बार्सिक उत्सव तथा रजत महोत्सवको अवसर पारेर महिला हरुले सन्चालन गरेका सहकारी बिचमा अन्तरक्रिया गरिएको छ ।

सस्थाले आफ्नो रजत महोत्सवको अवशर पारेर महिला सहकारिहरुको बिकास र एकीकरण विषयक अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रमका बोल्दै जिल्ला सहकारी सघंका भिम तुलाचनले महिलाहरुले सन्चालन गरेका सहकारी पुरुषले चलाएका सहकारी भन्दा अबब्ल शुसासन युक्त हुने दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै रेडियो लुम्बिनी तथा तिलोत्तमा टिभिका कार्यकारी प्रमुख मिनाक्षी न्योपानेले महिलाहरु घर भित्र र बाहीर दोस्रो दर्जाका नागरिक भएको भन्दै अधिकारको लडाइमा अगाडी बढन आग्रह गर्नु भयो ।

रेडियो लुम्बिनीकी पुर्व स्टेशन म्यानेजर इन्दीरा अर्यालले महिलाहरुको सामुहिक प्रयासमै अगाडि बढन सकिने दाबि गर्नु भयो । उहाले महिलाले सन्चालन गरेका सहकारी अबबल रहेको भन्दै यी सहकारी बिच एकिकरण गर्नु पर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष सिता न्यौपानेको अध्यक्षता ,उपाध्यक्ष लक्ष्मी गजमेरको स्वागत तथा ब्यबस्थापक जमुना गीरिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ पुष १३, बुधबार १८:३८