तिलोत्तमा ४र ६ मा टोल बिकाशका लागी माईनोट लेखन, नेतृत्व बिकाश सम्बन्धी २ दिने तालीम सुरु

[sharethis-inline-buttons]

प्रकाश गौतम
पुस ११
रुपन्देहीको तिलोत्तमा ४र ६ मा टोल बिकाशका पदाधिकारीका लागी माईनोट लेखन, नेतृत्व बिकाश , उद्घोषण सम्बन्धी २ दिने तालीम आज देखी सुरु भएको छ ।
तिलोत्तमा ६का वडा अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा तिलोत्तमा वडा स्तरिय टोल बिकाशका सन्जाल अध्यक्ष सुर्य प्र खनालको स्वागतमा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका उप जागेश्वरी चौधरीले बिकाशको गति तिलोत्तमाले समातेको भन्दै त्यसमा टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो । उहाले टोल बिकाश सस्था भनेको नगरका आधारभुत खम्बा रहेको बताउनु भयो । तिलोत्तमा ४ का अध्यक्ष हरि ब क्षेत्रि र नगर स्तरिय टोल बिकाश संस्थाका अध्यक्ष हेमराज पौडेलले टोल टोललाई समय अनुसारको तालीम आएको भन्दै ब्यवाहारमा परिर्बतन गर्न आग्रह गर्नु भयो ।


तिलोत्तमा नगरपालीकाका बरिष्ट सामाजिक बिकाश परिचालक अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ।


प्रकाशित : २०७९ पुष ११, सोमबार १७:०९