तिलोत्तमा ११ को फुटवल प्रतियोगीताको उपाधि पुरुष तर्फ रामनगर तथा महिला तर्फ भुल्का टोल बिकाश संस्थालाई

[sharethis-inline-buttons]

प्रकाश गौतम
तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा ११ मा जारी टोल स्तरिय फुटवल प्रतियोगीताको उपाधि पुरुष तर्फ रामनगर टोल बिकाश संस्था तथा महिला तर्फ भुल्का टोल बिकाश संस्थाले जितेको छ ।
यो जित सगै रामनगर टोल बिकाश संस्था तथा महिला तर्फ भुल्का टोल बिकाश संस्थाले नगद १२ हजार सिल्ड र प्रमाण पत्र हात परेका छन । आजको पुरुष तर्फको खेलमा निर्धारित समयमा १।१को बराबरी भएपछी खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा भुल्का टोल बिकाश माथि ३।४ गोल अन्तरले रामनगर टोल बिकाश तथा महिला तर्फको खेलमा निर्धारित समयमा ०।० को बराबरी भएपछी पेनाल्टी सुट आउटमा भुल्का टोल बिकाश सस्थाले १।३ गोल अन्तरले गणेशनगर टोल बिकाश पराजित गरेको हो ।


उप बिजेता भएका भुल्का टोल बिकाश संस्था र गणेशनगर टोल बिकाश संस्थाले नगद १० । १० हजार सिल्ड र प्रमाण पत्र हात परेका छन ।
त्यसैगरि पुरुष तर्फ कटानी टोल बिकाश संस्था तथा महिला तर्फ रामनगर टोल बिकाश संस्था तेस्रो भएका छन । तेस्रो भए सगै यी सस्थाले रु ८। ८ हजार सिल्ड र प्रमाण पत्र हात परेका छन ।
यसैबिच फुटबल खेलको समापन गर्दै रुपन्देही १ क का सांसद आशिष चौधरीले खेलको बिकाशका लागी आफुले पहल गर्ने बताउनु भयो । चौधरीले चुनाबि कार्यक्रममा गरेका कुरा ब्यबाहारमा ल्याउने बताउनु भयो । तिलोत्तमा ११ का अध्यक्ष बिष्णु बरालले वडा न ११मा नयाँ कामको सुरुवात भएको भन्दै सानो आर्थिक रकम बाट सुरु गरेको यो कार्यक्रमलाई अर्को बर्ष बाट बढाएर लैजाने बताउनु भयो ।


युवा खेलकुद समितिका तिलोत्तमा ११ को आयोजनामा तिलोत्तमा ११ मा सम्पन्न भएको कार्यक्रम समितिका अध्यक्ष सुदेश पुनको अध्यक्षता तथा कटानि टोल बिकाशका सचिव घननाथ पौडेल र युवा खेलकुद समितिका सचिव युबराज रिमालको सन्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ मंसिर २४, शनिबार १९:३३