तिलोत्तमा ११ मा आज बाट टोल स्तरिय फुडवल सुरु , आजको खेलमा भुल्का र गणेशनगर टोल बिकाश संस्था बिजयी

[sharethis-inline-buttons]

प्रकाश गौतम
तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालीका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको खेल क्षेत्रको बिकाशको लागी आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।
उहांले खेल स्वास्थ्य र ब्ययामको लागी समेत महत्वपुण रहेको भन्दै नगर खेलको बिकाशमा केन्द्रीत रहने बताउनु भयो । युवा खेलकुद समितिका तिलोत्तमा ११ को आयोजनामा रुपन्देहीको तिलोत्तमा ११ मा आज देखी सुरु भएको टोल स्तरिय पुरुष तथा महिला फुडवल प्रतियोगीताको उद्घाटन गर्दै उहाले सो कुरामा जोड दिनु भएको हो ।


कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाकी उपप्रमुख जागेश्वर देवि चौधरीले तिलोत्तमा ११ ले नगरमा नयाँ कामको सुरुवात गरेको भन्दै वडा बाटै सुरु गरिने यस्ता कार्यक्रमले खेलको बिकाश गर्ने दाबि गर्नु भयो । उहाँले बिकाश भनेको बाटो घाटो मात्र नभएर मानबिय बिकाश पनि महत्वपुर्ण भएको बताउनु भयो ।

कार्यक्रममा तिलोत्तमा ११ का वडा अध्यक्ष बिष्णु बराल क्षेत्रिले तिलोत्तमाको सबै भन्दा ठुलो वडा ११ रहेको भन्दै क्षेत्र र जनसख्याको आधारमा बजेट पाउनुपर्ने बताउनु भयो । उहाँले वडाका सबै टोलहरुमा खेलकुद समिति गठन गरेर यो बर्ष बाट कार्यक्रम सुरु गरिएको भन्दै अको बर्ष बाट यसलाई ठुलो खेलको रुपमा बिकाश गरिने स्पष्ट पर्नु भयो ।
युवा खेलकुद समितिका तिलोत्तमा ११ का अध्यक्ष सुदेश पुनको अध्यक्षता तथा सचिव युवराज रिमालको सन्चालनमा कार्यक्रम भएको थियो ।
यसैबिच आजको उद्घाटन खेलमा पुरुष तर्फ भुल्का टोल बिकाश संस्था बिजयी भएको ।
आज जमुहानी टोल बिकाश सस्था र भुल्का टोल बिकाश संस्था बिच भएको खेलमा भुल्का टोल बिकाश संस्था एक गोलले बिजयी एको हो ।
त्यसैगरि आजै भएको महिला फुडवल प्रतियोगीतामा गणेशनगर टोल बिकाश सस्था बिजयी भएको छ ।
आज कटानि टोल बिकाश सस्था र गणेशनगर टोल बिकाश संस्था बिच भएको खेलमा गणेशनगर टोल बिकाश संस्था २ गोल गर्दै बिजयी भएको हो ।


प्रकाशित : २०७९ मंसिर १६, शुक्रबार १८:३१