समानुपातिक मतगणनामा धाधली गरिएको भन्दै पुन मत गणनागर्न एमाले रुपन्देही १ को माग ।

[sharethis-inline-buttons]

११ मंसिर,

ने.क.पा समानुपातिक मतगणनामा धाधली गरिएको भन्दै पुन मत गणना हुनु को प्रतिनिधि सभामा समानुपातिक मतगणनामा धाधली गरिएको भन्दै पुन मत गणना हुनु पर्ने बताएको छ । एमालेले पुन मतगणना हुनुपर्ने निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र न १ मा पत्र दिएको छ ।
रुपन्देहीको क्षेत्र न १ अन्तरगत तिलोत्तमा ९, देवदह १०,१२,३, ६, ओमसतिया १ , समेतका गरि ९ वटा बाकसको मतगणना गर्दा केरमेट गरिएको , मतगणना गर्दा १०० । १०० को मुठा बनाइ चढाउनुपर्नेमा एकै पटक १९१ मत चढाइएको रुजु गर्न इन्कार गरिएको भन्दै एमालेले असन्टुष्टी जनाउदै पुन मतदान गर्न माग गरेको छ ।
नेकपा एमालेका रुपन्देहीका सचिव यज्ञ गैरैले मतगणनाका क्रममा बदनियत पुर्ण तरिकाले कर्मचारीबाट गणना भएको भन्दै मतपत्र भन्दा ५७३ मत थपीएको दाबि गर्नु भयो । उहांले बर्तमान सत्तागठबन्धन एमालेलाई हराउन प्रत्यक्ष र समानुपातिक तर्फ मतगणनामा समेत लागेको बताउनु भयो । यो बिषयमा जानकारी लिन निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र न १ का अधिकृतलाई हामीले सम्पर्क गर्न खोज्दा उहांको फोन भने उठेन ।

 


प्रकाशित : २०७९ मंसिर ११, आईतवार १९:००