अबको ५ बर्ष जनता कै काम गर्ने रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार दधिराम न्यौपानेको प्रतिबद्धता

[sharethis-inline-buttons]

तिलोत्तमा
कार्तिक २९
प्रकाश गौतम

ने.क.पा एमालेका रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार दधिराम न्यौपानेले जनताको मतलाई सधै सम्मान गर्ने बताउनु भएको छ ।

आज रुपन्देहीको क्षेत्र न १ को ओमसतिया , तिलोत्तमा, र देवदहका आम जनता सगंको भेटघाट कार्यक्रममा उहाँले आफुले चुनाव जित्ने बताउदै आम जनताको लागी अबको ५ बर्ष सगै काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाले रुपन्देही १ ख मा पनी सबै क्षेत्रको बिकाश समान नरहेको बताउदै उत्तर र दक्षिणलाई मिलाएर लौजाने बताउनु भएको छ ।

आम जनताका धेरै चाहना रहेको र राजनैतिक दल प्रति नैरास्यता बढेर जानथालेको भन्दै अब सबै दल सुध्रीएर जानुपर्ने स्पष्ट पार्दै आफु सधै जनताको साथमा रहने भेटका क्रममा बताउनु भएको हो । भेटका अबशरमा जनताले आफुलाई परेका समस्या समाधानका लागी अनुरोध गरेका थिय । ति समस्यालाई चुनाव पछी समाधान गर्ने प्रतिबद्धता उम्मेद्धार न्यौपानेले जनाउनु भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक २९, मंगलवार १८:५५