सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा हेमन्त थापा

[sharethis-inline-buttons]

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस प्रमुखमा हेमन्त थापा चयन हुनु भएको छ । सैनामैना६ कलौनीमा रहेको सो क्याम्पस रिक्त क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले थापालाई नियुक्त गरेको हो ।

क्याम्पसमा लामो समय देखि अध्यापन गराउदै आउनु भएका थापाले क्याम्पस प्रमुख पदमा रहि कार्यभार सम्हाल्नु हुनेछ । यस्तै क्याम्पसको सहायक क्याम्पस प्रमुख पदमा जगलाल गिरी नियुक्त हुनुभएको छ ।
क्याम्पसमा कार्यबाहकको बिषयमा लिएर विभिन्न टिकाटिप्पणीको स्थिति सृजना भएको थियो ।

 


प्रकाशित : २०७९ कार्तिक १६, बुधबार १८:४९