आफुले जितेमात्र रुपन्देही क्षेत्र न १को समग्र बिकाश हुने -घनश्याम भुषाल , तिलोत्तमा ११ को संयुक्त प्रचार प्रसार कार्यालयको उद्ध्घाटन

[sharethis-inline-buttons]

कार्तिक १३
तिलोत्तमा
सत्तागठबन्धन रुपन्देही क्षेत्र न १का उम्मेद्धार घनस्याम भुषालले नेकपा एमाले भित्र स्वत्रन्त्रता भन्ने कुनै ठाउँ नरहेको बताउनु भएको छ । रुपन्देही क्षेत्र न १का उम्मेद्धार भुषालले एमाले भित्र वली बिरुद्ध बोल्ने लाई कारवाही हुने गरेको दाबि गर्नु भयो ।
सत्तागठबन्धन रुपन्देही क्षेत्र न १को तिलोत्तमा ११ को संयुक्तm प्रचार प्रसार कार्यालयको उद्ध्घाटन गर्दै २ पटक सम्म संसद बिगठन गर्दा अली र उनको पार्टि भन्दा देश र संबिधान बचाउन आफुहरुले काग्रेस सगं सहयात्रा सुरु गरेको स्पष्ट पानु भयो ।
भुषालले आफुले जितेमात्र रुपन्देही क्षेत्र न १को समग्र बिकाश हुने भन्दै गठबन्धनको साथका कारण आफु सबै भन्दा बलियो स्वतन्त्र उम्मेद्धार रहेको दाबि गर्नु भयो ।
कार्यक्रममा बोल्दै सत्तागठबन्धन रुपन्देही क्षेत्र न १ क का उम्मेद्धार बिश्वनाथ यादवले जनताको काममा नेपाली काग्रेस नै अग्र स्थानमा रहेको बताउनु भयो । उहाले अर्को दलका उम्मेद्धारलाई रुपन्देही १ को क्षेत्र समेत थाहा नभएको भन्दै बिकाशको आशा गर्न नसकिने दाबि गर्नु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका नेता थानेश्वर बस्याल , मोहन शर्मा , नेकपा समाजबादीका जिल्ला सदस्य यज्ञश्वर क्षेत्री , लक्ष्मी शर्मा लगाएतले बोल्दै अब गठबन्धनका उम्मेद्धारहरुको जित सुनिच्चित भैसकेको भन्दै सबै मिलेर आफ्नो मत सुनिश्चीत गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम गठबन्धन तिलोत्तमा ११ का प्रचार प्रसार संयोजक तेज बहादुर कुवरको अध्यक्षता तथा बिष्णु खत्रिको सन्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार १४:४८