गाउँमा सारीपछि भँगेरी चरी देखिन छाडे, चिल पनि पलायन

[sharethis-inline-buttons]

आँगनमा बिस्कुन सुकाउँदा भुरुर्र उडेर खान आउने कतिपय चरा चुरुँगीहरु गाउँबाट लोप हुन थालेको आभाष हुँदैछ । गाउँमा सारी लोप हुदेै गएका छन् । तर कहिल्यै नफर्कने गरि सारी चरोले गाउँ छाडेको करिब केही वर्ष भएको छ ।

यहि चरा चुरुँङ्गी पलायनको पछिल्लो श्रृङखलामा आँगनमा चिरबिर गर्ने भँगेरी चरि पनि गाउँमा देख्न छाडिएको छ । ूकुनै समय थियो भँगेरी चरिको चिरबिर प्रशस्त थियो । तर काल खण्डमा यहि भँगेरी चरी गाउँबाट हराएको छ ।

झुन्डमा हिँड्ने भँगेरी चरीको खान्की आगनमा सुकाउने बिस्कुन हो । तर गाउँमा न मान्छे छन न घरका आँगनमा बिस्कुन सुक्छन । आहाराको स्रोत नभएपछि चराचुरुँगी पलायन हुनु स्वाभाविकै थोर्काका एक जेष्ठ नागरिकले तर्क गरे ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार १५:०७