खेलाडी कुवरलाई रोट्याक शुद्धोधन युथ अवार्ड

[sharethis-inline-buttons]

रोट्याक शुद्धोधन युथ अवार्डबाट खेलाडी मुकेश कुवर सम्मानित भएका छन। रोट्याक क्लब अफ तिलोत्तमा शुद्धोधनले खेलकुदको विकासको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
क्लबको पदस्थापन तथा स्थापना दिवसको अवसर पारी कुवरलाई प्रदेश युवा परिषद उपाध्यक्ष गोबिन्द केसि, क्लब सस्थापक अध्यक्ष महेन्द्र गौतम, २१र२२ अध्यक्ष सरोज खनालले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

खेल क्षेत्रको विकास, विस्तारका खेलको माध्यमबाट योगदान पुर्‍याएबापत सम्मान गरिएको क्लबका अध्यक्ष सरोज खनालले बताए ।खेल क्षेत्रमा देखिएका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याएर सरोकारवालाहरूको ध्यानाकर्षण गर्न र युवा क्षेत्रका समस्या उजागरका लागि कुवरले ठूलो योगदान पुर्‍याएको उनले बताए ।
कुवर मोफसलको फुटबलमा चर्चित टिम फर्साटिकर युवा क्लबका टिम क्याप्टेन,अखिल नेपाल फुटबल संघ रुपन्देही उपाध्यक्ष एंव सफल युवा व्यवसायी समेत हुन।


प्रकाशित : २०७९ श्रावण १५, आईतवार ०९:५६