कपिलवस्तु काे शुद्धाेधन गाउँपालिकाकाे धान दिवसमा राैनक

[sharethis-inline-buttons]

रामु यादव, लवनी, कपिलवस्तु जिल्ला को शुद्धोधन गाउँ पालिका मा आज १९ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाईयो।“ राष्ट्रिय धान दिवस ” ‘ कृषि भूमिको संरक्षण गरौँ , धानको उत्पादन बढाऔं ‘जैविक बिबिधता उपयोग आज प्रतिष्थापन सहयोग,भन्ने नाराका साथ यो दिवस मनाईयो। आजको दिनलाई “ रोपाई महोत्सव ” वा “ रोपाई दिवस ” को रूपमा पनि चिनिन्छ । हाम्रो देश नेपाल , कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै – असार १५ लाई दही चिउरा खाएर मनाइने पनि गरिन्छ । किम्बदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोदनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए । पछिल्लो समयमा भने कृषकहरूको श्रमको सम्मान गर्ने र पसेर असारे गीत गाउँदै , छुपु – छुपु गर्दै धान रोप्ने चलन रही आएको छ । नेपाली समाजमा परापूर्व काल देखि नै असार १५ मा दही – चिउरा र साउन १५ मा खीर खाने चलन रहेको छ । नेपालमा , असारको १५ गते वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले पनि आजैको दिन देखि दिन छोटा र रात लामा हुँदै जाने हुँदा हिउँदको सुरुवात भयो भन्ने गर्छ ।
कृषि मन्त्रालयले यो दिनलाई ‘ राष्ट्रिय धान दिवस ” का रूपमा मनाउन थालेको हो । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।


प्रकाशित : २०७९ असार १५, बुधबार २१:३६