भारतको बलिउड आलिया भट्ट चाँडै आमा बन्दै

[sharethis-inline-buttons]

काठमाडौं ।भारतको बलिउड कपल आलिया भट्ट र रणवीर कपुर चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

‘हाम्रो बच्चा चाँडै आउँदैछ, तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ ।आलियाको यो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो । रणवीरकी बहिनी रिदिमा कपुरदेखि बलिउड कलाकारले समेत इमोजी राख्दै बधाई दिइरहेका छन् । करण जोहर, प्रियंका चोपडा लगायतले पनि बधाई दिएका छन् ।

 


प्रकाशित : २०७९ असार १३, सोमबार १४:०९