विविध भाषिक संगीत सम्मान जुरी अवार्ड गायक प्रेम विवश घर्तीले पाए

[sharethis-inline-buttons]

 

असार १३ ,। दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड लोक दोहोरी तर्फ जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जित्नुभएको छ।दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड विविध भाषिक संगीत सम्मान २०७८ लोक दोहोरी तर्फ जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जित्नुभएको छ। ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रा.ली. काठमाडौंको आयोजनामा असार १२ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा भएको अवार्ड कार्यक्रमा गायक घर्तीले गर्मी बढ्यो गीतबाट उक्त अवार्ड हात पार्न सफल हनुभयो ।

ब्राण्डरुट इन्टर्टेनमेन्टका कानुनी सल्लाहकार शशि शर्मा मज्गैयाको अध्यक्षता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार सुरेश अदिकारीको विशिस्ट आतिथ्यतामा भएको दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्डमा राष्ट्रिय गीत तर्फ प्रकाश सपुतले अवार्ड जित्नुभएको थियो भने लाइफ टाइम अचिभमेन्टबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सस्थापक अध्यक्ष वरिष्ठ गायक अमर विरही गुरुङ सम्मानित हुनुभयो ।

त्यस्तै वर्ष उत्कृष्ट पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल , डिजिटल प्रविधि सम्मान राजेन्द्र अर्याल ,दशकौ स्रस्टा सम्मान करण न्यौपाने सम्म्नित हुनुभयो। लोक दोहोरी गीत, चलचित्रका गीत,गायक गायिका, म्यूजिक भिडियो, शब्द, सँगीत, मोडल,निर्देशक लगायत विभिन्न ४४ विद्यामा अवार्ड वितरण भएको थियो भने गायक घर्तीले यस अघि पनि हाम्रो नेपाल राम्रो नेपाल राष्ट्रिय गीतबाट सुन्दरादेवी म्युजिक अवार्ड २०७५ प्राप्त गर्नुभएको थियो ।


प्रकाशित : २०७९ असार १३, सोमबार १३:४९