
बुटवल ,
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ५ मा वडा अध्यक्षकी उम्मेदवार ममता गुप्ताले शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिई आफ्ना प्रतिवद्धता व्यक्त गरेकी छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएकी गुप्ताले वडामा माध्यमिक विद्यालय स्थापना गर्ने र माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
उक्त वार्ड धेरै पुरुपा उम्मेदार भएपनि गुप्ताले समान विकासको लागि वडा भित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने र निशुल्क उपचारको प्रवन्ध मिलाउने, छोरी पढाउनको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने र चलिआएको दाईजो प्रथाको अन्त्य गर्ने जनाएकी छन् ।
गरिव तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति अक्षयकोष निर्माण, आन्तरिक पर्यटन प्रवद्र्धनको लागि खाली जग्गामा पार्क बनाउने, बालकालिकालाई पोषणयुक्त खानाको लागि बजेटमै व्यवस्था गर्ने उहाँका प्रतिवद्धता छन् । महिला ससक्तिकरणको लागि प्राविधिक तथा सीपमुलक शिक्षा, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका कार्यक्रम, उद्योग गर्न चाहनेहरुलाई निशुल्क उद्योग दर्ता, किसानलाई पायक पर्ने स्थानमा कोल्ड स्टोर, उत्पादित तरकारी बिक्रि वितरणको लागि किसानलाई बजारसंग जोड्ने कार्यक्रम पनि गुप्ताका छन् । बैदिक र धेरै समन्यन गर्न सक्ने क्षमता भएकी गुप्ताको घरदैलो कार्यक्रम दैनिक चलिरको छ ।