घरमा १ सय २४ बिषालु सर्प पाल्दाको नतिजा‘‘

[sharethis-inline-buttons]

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४९ वर्षीय एक पुरुषले सर्प पाल्दा ज्यान नै गुमाउनु परेको छ ।
उनले आफ्नो घरमा १ सय २४ वटा विषालु सर्प पाल्दै आएका थिए । उनले पालेका बिसालु सर्पहरूमा कोब्रा, ब्ल्याक माम्बा र १४ फिट लामो बर्मीज अजिंगर सर्प पनि थिए ।
तर, गत १९ जनवरीमा ती पुरुष सर्पहरूकाबीचमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युबारे अमेरिकी स्वास्थ्य अधिकारी र प्रहरीले अनुसन्धान शुरु गरेको थियो । शुरुवाती अनुसन्धानमा उनको आकस्मिक मृत्यु भएको भनिएको थियो ।
तर अनुसन्धानका क्रममा हालै अमेरिकी स्वास्थ्य अधिकारीहरुले उनको मृत्यु सर्पको टोकाइबाट भएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ती व्यक्तिको परिचय भने खुलाइएको छैन,उनका एक छिमेकीले ती व्यक्तिलाई झ्यालबाट भुइँमा लडिरहेको अवस्थामा देखेका थिए । त्यसपछि छिमेकीले सरकारी अधिकारीलाई खबर गरेका थिए
जब सरकारी अधिकारी ती व्यक्तिको घरमा पुगे त्यहाँ उनले १ सय २४ वटा बिषालु सर्पहरू देखे । यो देखेर चाल्र्स काउन्टीनका प्रवक्ता जेनिफर ह्यारिसले भनेका छन्–“हाम्रो प्रमुख पशु नियन्त्रण अधिकारीले आफ्नो ३० वर्षको सेवाकालमा यस्तो घटना कहिल्यै देखेको छैनन् ।” ती व्यक्तिले सर्पलाई पिंजडामा थुनेर राखेका थिए ।
प्रवक्ता ह्यारिसका अनुसार ती व्यक्तिले गैरकानुनी तरिकाबाट घरमा बिषालु सर्पहरू राखेका थिए । ती व्यक्तिको मृत्यु पछि तत्काल प्रमुख मेडिकल परीक्षकले सर्पको बिषबाट मृत्यु भएको कुरालाई अस्वीकार गरेर आकस्मिक मुत्यु भएको बताएका थिए । तर, घटनाको ४ महिना पछि उनको सर्पको टोकाइबाट मृत्यु भएको पत्ता लागेको हो ।

 


प्रकाशित : २०७९ बैशाख २, शुक्रबार १६:५७