रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै

[sharethis-inline-buttons]

लुदअ २० चैत्र, काठमाडौं
युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ ।

कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो । यी दुई राष्ट्रबीचको युद्धका कारण हालसम्म ४० लाख युक्रेनीहरु शरणार्थीको रुपमा पलायन भइसकेका छन् ।

उता, युक्रेनको बुचा शहरमा सर्वसाधारणका थप बेबारिसे शवहरु फेला परेका छन् । समाचार संकलनका क्रममा पुगेका ए।एफ।पी।का एक जना पत्रकारका अनुसार कम्तिमा २० वटा शव फुटपाथमा छरिएको अवस्थामा देखिएको हो ।

यसैबीच, बुचा शहरका मेयर अनातोली फेडोरुकले रुसी सेनाको आक्रमणमा उनीहरुको मृत्यु भएका पुष्टि गर्नुभएको छ । सोही शहरमा पछिल्लो समय २ सय ८० वटा शवको सामुहिक अन्त्यष्टि गरिएको थियो ।

 


प्रकाशित : २०७८ चैत्र २०, आईतवार ०७:५२