लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

[sharethis-inline-buttons]

काठमाडौं ।
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।
। बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार १३:२४