खोप लगाउनुुहोस है ,खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक’ ।।

[sharethis-inline-buttons]

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको ओमिक्रोन स्वरुप खोप नलगाएकाहरूका लागि खतरनाक हुन सक्ने चेतावनी दिएको छ । ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएपनि कोरोनाविरुद्धको खोप नलगाएकाहरूका लागि खतरनाक हुन सक्ने सङ्गठनले चेतावनी दिएको हो । सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेब्रेयससले ओमिक्रोनका कारण सङ्क्रमण दर विश्वभरि नै तीव्र गतिमा फैलिरहेको हुँदा सबैले सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुभयो । यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको भन्दै उहाँले ९० देश अझै ४० प्रतिशत खोपकोलक्ष्यमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।


प्रकाशित : २०७८ पुष २९, बिहीबार १८:१३