मेरो जीबन कथा

[sharethis-inline-buttons]

मेरो नाम पुष्पाञ्जली क्षेत्री हो मेरो जन्म २०५६ साल असोज १ गते गुल्मी जिल्लाको पहिलेको ठुलोलुम्पेक गा बि। स। बडा नम्बर ६ र हालको सत्यवती गाउपालिका ३ मा भएको हो । मेरो आमाको नाम कुन्ती क्षेत्री र बाबाको नाम सोमबहादुर क्षेत्री हो । म घरमा कान्छी छोरी सबैको निकै मायामा हुर्कीएकी हुन त मेरा २ वटा भाइहरु प्नि छन र मलाइ असाध्यै माया गर्ने र हरेक काम र बाटोमा सही कल्लाह र साथ दिन दीदी पनि हुनुहुन्छ खै किन हो मलाइ अरुको धेरै माया पाएजस्तो लाग्थ्यो । मेरो खास नाम दिलमाया हो तर यो नाम कसैलाइ नी थाहा थिएन यहासम्म की मलाइ पनि थाहा थिएन पछि मात्र थाहा पाएकी यो नाम जन्मदर्तामा मात्र सिमीत थियो । म बाबाकी एकदमै प्यारी छोरी थिए रे मैले त बाबालाइ राम्रोसँग चिनिन मैले चिन्नुभन्दा नै मरो बाबा भगवानको प्यारो हुनुभयो तर पनि मेरी दिदीले चाही बाबाको बानी ब्यबहार हामीलाइ गरेको माया सम्झीनुहुन्छ ।
खै हामीलाइ बाबाको माया पाउन सानैदेखि नलेखेर नै होला बाबा पहिले मानसिक रोगी हुनुहुन्थ्यो रे आफु रोगी हुदा पनि छोरा छोरीले म केही भैहाले भने दुख पाउलान भनेर पिर लिइरहनुहुथ्यो र्े हाम्रो जन्मदर्ता गरिदिदा पनि अति छिटा भत्ता खालान भनेर उमेर बढाएर नै हाम्र्रो जन्मदर्ता र्गिर्दनुभएको रहेछ , आफु त्यस्तो अबस्थामा पनि छोरीलाइ गायन र नृत्यमा सक्षम बनाउने उहाको साह्रै चाहाना थियो र आमासँग यदि म केही भइहाले भनेपनि छोरा छोरीलाइ नपिटेस मेरो अभाब महसुस हुन नदिएस भनेर आमालाइ भन्नुहुथ्यो रे ।
बाबाको निधन भएपछि हजुरबाबा हजुरआमाको पनि निधन भयो । आमाले हामीलाइ एक्लै हुर्काउनुभयो गाह्रो हुथ्यो घरको जग्गा पनि धेरै नै भएको हुदा हामीलाइ हेर्ने की खेती गर्ने त्यो बेलामा कसैको नि सहयोग पाउनुभएन रे मेरी आमाले । मामाघर पनि हाम्रो नजिकै थियो मामाघरमा मामा हुनुन्थ्यो तर मामा बिदेश जानुभाको फर्कनुभएन मामाघरको हजुरबाबा आमालाइ पनि आमाले नै हेर्नु पर्थ्यो आमालाइ साह्रै गाह्रो थियो तर पनि आमाले हार मान्नुभएन्र अनुहारमा सधै हासो देखाउनुहुथ्यो । सधै सकरात्मक सोच्ने मेरी आमाले त्यो अबस्थामा पनि कसैसँग सहयोगको हात फैलाउनुभएन बरु निरन्तर अरुलाइ सहयोग गरिरहनुभयो ।
अहिलेको अबस्थामा आइपुग्दासम्म मेरी आमाले गर्ने दुखमा केही कमी र अलि सहज अबस्था आएको छ घरीघरी पिर मान्नुहुन्छ म सकेको सम्झाउने प्रयास गर्छु । अहिले मैले धर्मदाइ पनि बनाएकी छु यहाको नाम प्रकाश हो उहाले पनि साहै्र माया गर्नुहुन्छ मलाइ सही बाटा देखाउने गर्नुहुन्छ । अहिले मेरी दिदीको नजिकै बिहे भाको छ र त्यही नजिकैको बिधालयमा शिक्षक हुनुहुन्छ मेरो ठुलो भाइ बिदेशमा छ र आमालाइ सहयोग गरिराको छ सानो भाइ अहिले कक्ष ११ मा आमासँग नै बसेर पढेको छ र म पनि आफनो पढाइलाइ निरन्तरता दिदै हाल कञ्चनपुरमा बसेर सांगितिक क्षेत्र सञ्चार क्षेत्रलाई पनि अगाडि बढाइरहेकी छु । सांगितिक क्ष्ोत्रमा लागेर पेही गरौ भन्ने मनमा लागिरहन्छ । मलाई गीत गाउनका लागि अबसरहरु पनि नआएका होइनन तर मैले पहिले आफ्नै लगानीमा गीत निकालेर यो क्षेत्रमा अझै सशक्त रुपमा लाग्न चाहान्छु, त्यसैले निरन्तर काम गरिरहेकी छु आशा छ म मेरी आमा र बाबाको सपना पुरा गर्न सक्छु म आत्तिएकी छैन एकदिन म सफल भएर मेरी आमाको अनुहारमा खुसी ल्याउने छु ।
कथा लेखन
पुष्पाञ्जली क्षत्री
सत्यवती ३ ठुलोलुम्पेक गुल्मी


प्रकाशित : २०७७ चैत्र १४, शनिबार ०८:४१