अन्य पार्टीको हातमा देश सुम्पिन सामुहिक राजिनामा दिन तयार हुने आफै, सच्चिनु पर्ने ओलि: गैरे

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, बैशाख २७
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सचिवालय सदस्य टुकलाल गैरेले पार्टी हित विरुद्ध गतिविधि गर्ने माधव नेपाल पक्षलाई कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलिले आज विश्वासको मत लिने पुर्व सन्ध्यामा आफ्नै पार्टीको माधव नेपाल पक्षले ओली नसच्चिए विश्वासको मत नदिने निष्कर्ष निकाले पछि गैरेले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले सामाजिक संजाल फेस्बुक मार्फत गल्ति गर्ने माधव पक्ष सच्चिनुपर्ने कि पार्टी र देश जनताका लागि अहोरात्र खट्ने प्रधानमन्त्री ओली सच्चिनुपर्ने ? भन्दै उनले प्रश्न गरेका छन् । उनले लेखेका छन् जनताले केपि ओलिको नेतृत्व बिश्वास गरेर मत दियो अनि दिनमा ५ पटक सम्म राजिनामा माग्ने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? पार्टी एकता महाधिवेशन नहुदा सम्म सहमतिमा पार्टी सञ्चालन गर्नु पर्ने विधि हुदा हुँदै बहुमतको आधारमा ४ पटक साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ?

फौजदारी अभियोग सम्मका आरोप लगायर १९ पन्ने आरोप पत्र ल्याउने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? पार्टी एकता भंग पछि पेरिस डाडामा प्रचण्डको काखामा रुदै नेकपा ९एमाले ० र केपि ओलिलाई सकाउने कसम खाने माधब नेपाल हरु अनि सच्चिनु पर्ने केपि ओलि ? ५० पार्टी बलियो बनाउछौ भन्ने तर माओवादीका केही नेता एमाले मै बस्छौ भन्दा जिम्मेवारी दिदा बिरोध गर्ने माधब नेपाल हरु अनि सच्चिनु पर्ने केपि ओलि ?

त्यस्तै उनले लेखेका छन् समानान्तर कमिटी गठन गर्दै भेला गर्दै हिड्ने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? नेकपा एमाले भय पछि पार्टी विरुद्धका गतिविधि गर्न पटकपटक पेरिस डाडा पुगेर योजना बनाउने माधब नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि ? पार्टीको निर्णय बिपरित कर्णालीमा माओवादीलाई भोट हाल्न लगाउने माधव नेपालहरु अनि सच्चिनु पर्ने केपि ओलि  ?

माओवादी र काङ्ग्रेसलाई सजिलो पार्न सामुहिक राजिनामा दिन तयारी गर्ने माधब नेपाकहरु अनि सच्चिनु पर्ने केपि ओलि ?
यस्ता त हजार कान्ड हरु भेटिन्छन बिधि बिधानका गफ गर्ने अनि चर्को कुरा गर्ने जनताले बुझेका छन आफू हुदा कम्युनिस्ट आन्दोलन उचाईमा पुग्ने अनि अरु हुदा सत्यनास हुने ?

 


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०२:२९