राष्ट्रिय संगीतकर्मी संघको महाधिबेशन आगामी चैतमा हुने 

[sharethis-inline-buttons]

लुदस,काठमाडौं ।
कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिको मंसिर १६ गते बसेको केन्द्रीय समितिको बैठकले संघको पाँचौ राष्ट्रिय महाधिवेशन चैतको २८ र २९ गते काठमाडौमा गर्ने निर्णय गरेको छ।

देशका सातै प्रदेश र सबै जिल्लाबाट प्रतिनिधित्व हुने केन्द्रिय महाधिवेशनका लागी जिल्ला र प्रदेश अधिबेशनहरु हुने क्रम जारी रहेको छ । नेपाली कला र संस्कृति गौरबपुर्ण शान कलाकर्मीको उत्थानमा हाम्रो अभियान भन्ने मुल नाराका साथ २०६२ साल मंसिर १६ गते बिधिबत रुपमा दर्ता भएकै दिन मंसिर १६ गते पारेर भएको बैठकले संघका जिल्ला अधिबेशनहरु माघ २५ गते सम्म प्रदेश अधिबेशनहरु फाल्गुन १५ गते सम्म गर्ने निर्णय गरेको छ साथै संघले महाधिबेशन अगावै आजिबन तथा साधारण सदस्यता बितरण गर्ने एवम् नविकरण निर्णय गरेको छ।

साथै बैठकले सम्पुर्ण जिल्ला तथा प्रदेश अधिबेशन सम्पन्न गर्न जुट्न आफ्नो जिल्ला र पायक पर्ने जिल्ला तथा प्रदेशमा समन्वय गर्न सम्पुर्ण केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन जारी गरेको छ ।


प्रकाशित : २०७७ मंसिर १९, शुक्रबार १५:२३